समाचारस्वास्थ्य

डा. देवकोटालाई जन्मथलो गोरखा लाने तयारी

सघन उपचारमा रहेका प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटालार्इ जन्मथलो गोरखा लाने तयारी भएको छ । उनलाई हेलिकाेप्टरबाट त्यता लगिने भएको हो ।

डा. देवकोटाका भतिज वसन्त देवकोटाले दिएको जानकारीअनुसार स्वास्थ्यमा सामान्य सुधार देखिएकाले डा. देवकाेटाले नै गोरखामा रहेकाे जन्मघर जाने इन्छा व्यक्त गरेका हुन् ।

‘आफ्नो गाउँ र जन्मघरमा टेक्ने डा. देवकोटाको इच्छाअनुसार हेलिकाेप्टरबाट लैजाने तयारी भइरहेकाे छ,’ भतिज देवकाेटाले भने ।

विश्वमै कहलिएका डा. देवकोटा गोरखाको लिगलिगस्थित पण्डित गाउँमा जन्मिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *