मनोरञ्जन
नेपालकी प्रथम नायिका भुवन चन्दले फिल्म निर्माण गर्ने भएकी छिन् ।

सामाजिक विषयमा निर्माण हुन लागेको भुवनको साइनोको निर्देशन रमेश थापाले गर्नेछन् । फिल्मको सुटिङ असारबाट सुरु गर्ने योजना बनाइएको थियो ।
तर, केही दिनअघि आफ्नो पाठेघरको अप्रेसन भएको र अहिले स्वास्थ्यलाभ गरिरहेकाले अब भदौदेखि मात्रै सुटिङ थालिने निर्मात्री भुवन बताउँछिन् ।
नेपालमा बनेको पहिलो नेपाली फिल्म आमाकी हिरोइन भुवन आफ्नो फिल्मले समसामयिक सामाजिक विषय उठान गर्ने बताउँछिन् ।
फिल्ममा नवअभिनेता राजकुमार, रविन हुड सेन, नीता ढुंगाना, मदनदास श्रेष्ठ, वसुन्धरा भुसालका साथमा भुवन आफैँ प्रमुख भूमिकामा रहनेछन् ।
