मनोरञ्जन

‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजा दोहोरिए, यो मितिमा रिलिज हुने

काठमाडौं – चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको जोडी दोहोरिने भएको छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मलाई गोरखाको मनकामना मन्दिरमा शुभ मुहूर्त गरियो ।

मुहूर्तसँगै फिल्म टिमले यसै वर्षको फागुन २३ गतेलाई प्रदर्शन मिति तय गरेको छ । निर्देशक थापा लामो समयदेखि फिल्मको तयारीमा जुटेका थिए । यसअघि बक्स अफिसमा पनि राम्रै व्यापार गर्न सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्माको जोडी रहेको थियो । यो जोडीलाई दर्शकले रुचाएका थिए ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पनि एउटा रोमान्टिक लभ स्टोरी हुने जनाइएको छ । निर्देशक थापाले घोषणा गरेको झण्डै दुई वर्षपछि फिल्मको मुहूर्त गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *