समाचार
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

८ जेठ, काठमाडौं : करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।
उनी पक्राउ परेकाे सुन तस्करी प्रकरणकाे अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे । यद्यपि, उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन ।
गोरे पछिल्लो समय भारतमा लुकेर बसेको अाशंकामा प्रहरीले निगरानी बढाएकाे थियो ।
उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ

