समाचार

किस्ताबन्दीमा होइन, एकमुष्ट रूपमा अनुदान उपलब्ध गराइयोस् : भट्टाराई

काठमाडौं, १० वैशाख : नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान सहायता एकमुष्ट रूपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप पनि लगाए। उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने धारणा पनि राखे।

सोमबार काठमाडौंमा भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको ‘कम्पन’ नामक पुस्तक विमोचन गर्दै उनले पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

संयोजक भट्टराईले भूकम्पपछि सरकारले तत्कालीन राहत र उद्दारको कामलाई प्रभावकारी बनाए पनि पुनर्निर्माणको काममा भने उचित व्यवस्था गर्न नसकेको पनि स्पष्ट पारे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *