समाचार

अखिलको कार्यवाहक अध्यक्षको जिम्मा महेश बर्ताैलालाई

काठमाडौँ, १० बैशाख । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियकन (अनेरास्ववियु) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्ताैलाले पाएका छन् ।

केन्द्रिय कमिटीले बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिलले आइतबारदेखि नै लागू हुने गरी बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

अध्यक्ष नविना लामाले एक आफ्नो कार्य व्यस्तताका कारण संगठनलाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै बर्तौलालाई कार्यवाहकको जिम्मेवारी दिएको विज्ञप्तीमार्फत जनाएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *