स्वास्थ्य
मदनकृष्णकी पत्नीको ज्यान लिने क्यान्सर हुनुअघि शरीरमा देखिन्छन् यी ८ संकेत

काठमाडौं। बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । सुवेदी लामो समयदेखि क्यान्सरबाट ग्रस्त थिइन् ।
क्यान्सरलाई निकै खतरनाक रोग मानिन्छ । यद्यपि आजकल केही किसिमका क्यान्सरको सफलतापूर्वक उपचार पनि हुन लागेको छ । तर क्यान्सरबाट निकै कम मानिस मात्र बच्न सक्छन् । पब्लिक हेल्थमा स्नातकोत्तर गरेकी अमेरिकाकी डाक्टर लुरा जे मार्टिनले क्यान्सरका केही संकेतहरुको बारेमा बताएकी छिन् । यी संकेतहरुले क्यान्सरको सुरुवात हुन लागेको जनाउँछन् र सुरुवातमै उपचार गर्न सकियो भने क्यान्सर पूर्ण रुपमा निको हुन्छ ।
१. शरीरमा धब्बा देखिनु, तिनीहरुको आकार र रंग परिवर्तन हुनु क्यान्सरको संकेत हो ।
२. ल्युकोमिया, कोलोन र पेटको क्यान्सर हुँदा धेरै थकान महसुस हुन्छ । यस्तो भएमा तुरुन्त डाक्टरसँग परामर्श गर्नुहोस् ।
३. धुम्रपान गर्नेहरुलाई खोकीमा कफसँगै रगत आउनु क्यान्सरको संकेत हुन सक्छ ।
४. सुस्ती, तौल घट्नु, पिठ्युँ दुख्ने लक्षणसँगै पेट फुलेमा पनि क्यान्सर हुन सक्छ ।
५. घाँटी पाखुरा सुन्निएमा पनि क्यान्सर भएको हुन सक्छ ।
६. दिशा गर्दा रगत आएमा तुरुन्त डाक्टरसँग परामर्श गर्नुहोस् । यो कोलोन क्यान्सरको संकेत हुन सक्छ ।
७. पिसाबमा विसभन्न समस्या आउनु प्रोस्टेट क्यान्सरको संकेत हुन सक्छ ।
८. रुघाखोकी वा टन्सिल बढ्ने समस्याबाहेक पनि केही निल्न समस्या भएमा क्यान्सर हुन सक्छ ।


