बिचार/ब्लग

मेयर चढ्ने गाडीको ठक्करबाट सुनसरीमा अर्नाको मृत्यु

इनरुवा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा बोलेरोको ठक्करबाट अर्नाको मृत्यु भएको छ । शुक्रबार अबेर राति ११: १५ बजेको समयमा उदयपुर बाट विराटनगर जादै गरेको त्रियुगा नगरपालिकाका मेयर चढ्ने स १ झ ४९३ नम्बरको सरकारी गाडीको ठक्करबाट कोशी गाउँपालीका ७ स्थित केराबारीमा एउटा अर्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । रातको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको व्यस्क पोथी अर्ना लाई बोलेरो गाडीले राजमार्गमा बाटो काट्ने क्रम ठक्कर दिदा अर्नाको घटनास्थलमा नै मृत्यु भएको सीमा प्रहरी चौकी भाण्टावारीका प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए ।

उदयपुर त्रियुगा नगरपालिकाका वडाध्यक्षहरु सहित चारजना सवार मेयर को गाडीमा समेत क्षति पुगेको छ । गाडीको बायाँ पट्टीको ढोकामा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनापछि कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलिले अर्ना लगेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *