समाचार

राप्रपाको एक समूह संयुक्तमा समाहित

काठमाडौं १६ फागुन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा बुधबार समाहित भएका छन् । यहाँ काठमाडौं आयोजित राप्रपा एकीकरण अभियान कार्यक्रममा चन्दको नेतृत्वमा १४ जना केन्द्रीय सदस्य तथा तीन जिल्ला अध्यक्षका साथै अन्य १०० कार्यकर्ता राप्रपा (संयुक्त)मा समाहित भएको छ । पार्टीका अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जवराले उक्त समूहलाई स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष डा लोहनीले मुलुकमा राजनीतिक शक्तिको समन्वय र सहकार्य हुन नसक्दा वैदेशिक हस्तक्षेप बढ्दै गएका कारण अहिले वैचारिक रुपमा नजीक रहेका दल तथा राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याए। उनले देशको विकास र समृद्धिका लागि उत्पादन क्षेत्रमा लगानी वृद्धि गरी युवा शक्तिलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति तथा कार्यक्रम आफ्नो पार्टीसँग रहेको बताए।

अर्का अध्यक्ष राणाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रको पहिचान मेटाई धर्म निरपेक्ष कायम गरिएकाले आफ्नो पार्टी सबै धर्मावलम्बीको अस्तित्वलाई सम्मान गर्दै देशलाई पुनः हिन्दू राष्ट्र कायम गर्ने कार्यदिशाका साथ अगाडि बढेको जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *