प्रवासभिडियोसमाचार

विद्या भण्डारीलाई सदस्यता फर्किएपछि सुरज खरेलको प्रतिक्रिया : “पार्टीले ढिलै भए पनि सही निर्णय गर्‍यो”

२०८३जेठ ४ साेमबार
काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले विद्या भण्डारीकाे पक्षमा बाेल्दा पार्टीले कार्वाही गरेर अध्यक्ष पदबाट हटाएको थियो । एमालेकाे अधिवेशन अधि के. पि.ओलीकाे निरंकुशताका बाबजुद खरेलले यस्तो भाेग्नु परेकाे थियो ।

तर आज उनै खरेलले तर्क गरे बमाेजिम कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पूर्व राष्ट्रपति तथा पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी लाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ।

विद्या भण्डारीलाई कम्युनिस्ट आन्दोलनको खम्बा देख्ने अध्यक्ष ओली समुहले निर्वाचन अधि धेरै कार्यकर्तालाई सहिद बनाएको थियो । अहिले नेकपा एमाले अस्थित्वकाे खाेजिगरिहेकाे समयमा भण्डारीलाई पहिला नै पार्टी सदस्यता दिएर निकास निकाल्न सक्ने अबस्थामा थियो । तर त्यो ओलिवादले सम्भव नभएको विष्लेषकहरुकाे दावि छ।

खरेलले सामाजिक संजालमा विद्या भण्डारीसँगकाे तस्वीर सार्वजनिक गर्दै भनेका छन् ,` हामीले विगतदेखि उठाउँदै आएका विषयहरूलाई सम्बोधन गर्दै ढिलै भए पनि पार्टीले सही निर्णय लिएको अनुभूति भएको छ। विद्यादेवी भण्डारीको सदस्यता रोक्नु उपयुक्त थिएन भन्ने धारणा अब संस्थागत रूपमा स्वीकार गरिएको देखिन्छ।´ खरेलकाे भनाइ रहेको छ।

उनले लेखेका छन् ,`अब उहाँको सक्रियता र नेतृत्वदायी भूमिकाले पार्टीलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने अपेक्षा गर्न सकिन्छ। गुम्दै गएको जनविश्वास पुनः प्राप्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई पुनः जनताको बीचमा स्थापित गर्न यो निर्णय एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ।´

खरेल जस्ता एमाले युवाहरुलाई अगाडि बढन राेकेमा एमालेकाे अबकाे बाटो कहाँ हो भन्ने अनिश्चित छ। नेपाली कम्युनिस्ट आन्दोलनलाई मजबुद तरिकाले अगाडि बढाउन विद्या भण्डारीकाे नेतृत्वमा पार्टी चल्नु पर्ने कार्यकर्ताहरुकाे चाहाना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *