समाचार

आम जनता पार्टीको आन्दोलनले भ्रष्टाचारी डराएका छन् :- उपाध्यक्ष तामाङ

चैत २५ साेमबार ,२०८१
काठमाडौ ।आम जनता पार्टीले दलतन्त्रकाे लुट र भ्रष्टाचार विरुद्ध तेस्रो जनआन्दोलन उदघाेष गरेको छ। माओवादीबाट असन्तुष्ट प्रभु शाहले आम जनता पार्टी नामकाे दल मार्फत अभियान चलाइरहहेका छन् । शाह स्वतन्त्र संघीय सांसद हुन ।

आम जनता पार्टीको आयोजनामा आइतबार भृकुटीमण्डपमा विशाल आमसभा गरिएको छ। उक्त जनप्रदर्शनमा हजारौं नागरिकको स्वतस्फूर्त उपस्थित रहेको थियो । सभामा हिमाल ,पहाड ,तराईका विभिन्न समुदायको सहभागीता थियो ।

साे सभालाई सम्बाेधन गर्दैन पार्टीका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र कुमार तामाङले कुलमान घिसिङलाई पदबाट हटाउनुले नाेकरशाही शासनकाे प्रवृत्ति दाेहाेरिएकाे संकेत गरे ।उनले यस्ता भ्रष्ट ,सामन्ती र दलियतन्त्रकाे खुलेर विराेध गर्न आम नागरिकलाई अपिल गरेका छन् । उनले भने,` नेपाली जनताले धेरै बुझेका छन् । आजकाे २१ अौ शताब्दीका नागरिकलाई भन्ने कुरा छैन । सचेत र शिक्षित जमातले भ्रष्ट सरकारका विरुद्ध सडकमा आन्दोलन गरेकाे हो । ´ उनले आजकाे आन्दोलनले दलाल,भ्रष्टाचारीकाे मुटु हल्लाउने भन्दै सरकारलाई सचेत रहन आग्रह गरे।

कुलमान घिसिङलाई चलाएर सरकारले गल्ती गरेकाे उनकाे आराेप छ। यस्तो तरिकाले सरकारकाे आयुमा प्रश्न खडा भएको र अब तेस्रो जनआन्दोलनमा लाग्नुकाे विकल्प नरहेकाे तामाङको भनाइ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *