समाचार
धुलिखेल- खावा सडकमा अनिश्चितकालीन बन्दकाे घाेषणा ,स्थानीय सडकमा

चैत ७ बिहीबार ,२०८१
साधुराम थपलिया
काभ्रेपलान्चोक । विगत ४ बर्षदेखि निर्माण सम्पन्न हुन नसकेको धुलिखेल- खावा सडक खण्डमा स्थानीयले अबराेध सिर्जना गरेका छन् । धुलाे र धुवाँले बस्न नसकेको भन्दै स्थानीयले सडक अबराेध गरेका हुन् ।
`गौरी-पार्वती निर्माण कम्पनी´ले ठेक्का पाएकाे उक्त सडक, निर्माण कार्यमा लापरबाही गरेसँगै पटकपटककाे स्पस्टिकरण पश्चात् सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का सम्झौता खारेज गरेको थियो। स्थानीय जनदवाव र राजनीतिक सहजीकरणका बाबजुद पनि ठेकेदार कम्पनीले पनि काम गर्न आनाकानी गरिरहेकाे थियो ।
सडकमा पानी नहालेर चैत,बैशाखकाे गर्मीमा नागरिक धुलाेका कारण बिरामी पर्न थालेकाे भन्दै स्थानीयले आक्राेश पाेखेका छन्। स्थानीयहरुले सरकार समक्ष माग गर्दै,`सडकमा पानी हाल्नु पर्ने , निर्माण कार्य अगाडि बढाउनु पर्ने र कहिलेसम्म निर्माण सम्पन्न हुने हो? ´ग्यारेन्टीकाे हुनु पर्ने भनेका छन् ।
सडकमा उत्रिएका स्थानीयकाे भिडले सरकार विरुद्ध नाराबाजि गरेका छन् । अबरुद्ध सडक खुलाउन प्रहरीले प्रयास जारी राखेका छ भने स्थानीय र प्रहरी बीच विवाद भएको छ। स्थानीयहरुले अनिश्चितकालीन बन्द गर्ने जनाएका छन् ।

