समाचार
केसीप्रति सरकार र नेकपा झन् कठोर

काठमाडौं, ८ साउन । सरकार र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डा.गोविन्द केसीको अनशनप्रति झन् कठोर बनेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डले सरकार र पार्टीको नीति तथा अडान प्रस्ट पारेका हुन् ।
उनीहरूले केसी राजनीतिक स्वार्थका लागि प्रयोग भइरहेको भन्दै त्यसबाट मुक्त नभएसम्म वार्ताले सार्थक रूप नलिने बताए । सरकार हदैसम्म लचकता अपनाउन तयार रहेको, तर केसीकै नाममा अराजकता स्वीकार्य नहुने उनीहरूले प्रस्ट पारे ।
केपी ओली, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष
स्वास्थ्य जटिल हुँदै गएपछि जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । कांग्रेसले गर्न खोजेको के र ल्याइसकेपछि डा. केसीको ब्लड टेस्ट गर्न खोज्दा बिग्रिन्छ भनेर उहाँहरू आतंकित हुनुहुन्छ । अरू डाक्टरलाई छेउछाउमा पर्नैनदिने, ब्लड प्रेसर नाप्न नपाइने, गर्न खोजेको के र सत्याग्रह यसैगरी पाखुरा र मुड्की बटारेर हुन्छ ?

