समाचार
रास्वपाकाे प्रदर्शनमा प्रहरी दमन, काभ्रे जिल्ला सभापति ढकाल घाइते

कार्तिक ४ आइतबार ,२०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको पाेखरामा गरिरहेकाे शान्ति पूर्ण आन्दोलनमा काभ्रेका रास्वपा सभापति प्रविण कुमार ढकाल घाइते हुनु भएको छ।
आज(आइतबार)पाेखरामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा काभ्रे सभापति ढकाल घाइते हुनु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन कुमार भण्डारीले जानकारी दिनु भयो । प्रहरीकाे लाठी चार्जबाट ढकालको टाउकोमा गम्भीर चाेट लागेको छ।
सहकारी ठगि प्रकरणमा शुक्रबार प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । काठमाडौमा पक्राउ गरि अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेलाई पाेखरा लगेको छ। लामिछाने पक्राउ परेसँगै रास्वपा नेता, कार्यकर्ताले देशब्यापी आन्दोलन चर्काएका छन् ।
सरकार विरुद्धकाे प्रदर्शन आज पनि चर्केकाे थियो । साे आन्दोलन निरन्तर जारी रहने र थप चरणबद्ध सशक्त आन्दोलन काे तयारी भइरहेको श्राेतले जनाएको छ।


