समाचार

रास्वपालाई गृह सहित चार मन्त्रालय पद तथा गाेपनियताकाे सपथ

फाल्गुन २३ बुधबार
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई  राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहबीच  सपथ ग्रहण गराउनु भएको हो ।

सत्ता गठबन्धनको सहमति अनुसार रास्वपाले चार मन्त्रालय पाएकाे छ। सभापति रवी लामिछाने उपप्रधान तथा गृह मन्त्री  रवि लामिछाने , उपसभापति डिपी अर्याल श्रम , सुमना श्रेष्ठ  शिक्षा र बिराज भक्त श्रेष्ठ युवा तथा खेलकुद  मन्त्री नियुक्त हुनु भएको छ।

रास्वपाले गृह मन्त्रालय सहित अधिल्लाे पटकको मन्त्रालय नछाेडने दाबी पेस गरेको थियो । उसले दाबी गरेको मन्त्रालयमा सहमति भए सँगै मन्त्रीहरुकाे छनाेट गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *