समाचार

डा। गोविन्द केसीले उठाएका जायज मागहरु पूरा हुनैपर्छन् : अनिल झा

काठमाडौं, १ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै उनले भने,‘हाम्रो पार्टीले केही समय अघि नै केसीको सत्याग्रहका बारेमा सरकार गम्भिर बन्नुपर्छ, सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्छ भनेको थियो, यति भन्दैमा केसीका सबै मागहरु जायज छन् र उनले भनेकै आधार सबै हुनुपर्छ भन्न खोजिएको होईन, संसद छ, सरकार छ, उहाँले उठाएका जायज मागहरु पूरा हुनैपर्छन्, केही मागहरुका बारेमा बिचार गर्नुपर्ने हुन्छ, हाम्रो लाईन स्पष्ट छ ।’

नेपालमा एम।बि।बिएसको गुणस्तरीय पढाई सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट विद्यार्थीहरु पढ्न आउने नेता झाको दाबी थियो । उनले भने,‘हाम्रै मित्र राष्ट्र भारतमा धेरै देशबाट पढ्न आउँछन्, दुबईमा स्वास्थ्य शिक्षाको लागि कत्रो योजनाहरु अघि बढाएका छन्, हाम्रो देशमा मेडिकल कलेज बन्द गर्नुपर्छ भन्ने हुँदैन, केही पात्रको नामले पाउने केही पात्र नभएकै कारण नपाउने हुनुहुँदैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *