समाचार
नुवाकोट २ मा अर्जुननरसिंह के.सि.काे जित सुनिश्चित

मंसिर, ९
नुवाकोट । नुवाकोट प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा मत गणना जारी छ । साँझ ६ बजे सम्मकाे प्राप्त परिणाम अनुसार नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह के .शि. अग्र स्थानमा हुनुहुन्छ ।
गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नेता के. शि. ले २१ हजार ६२४मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दि नेकपा एमालेका नारायण खतिवडाले १२ हजार ५९५मत प्राप्त गर्नु भएको छ।
नेकपा एमालेका उम्मेदवार खतिवडालाई के .शि. ले ८७६५ मतले पछाडि पार्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले ११ हजार ९३६ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाे मत परिणामलाई तुलना गर्दा काङ्ग्रेसका उम्मेदवार के.शि. काे विजय सत् प्रतिसत हुने देखिन्छ ।
नुवाकोट प्रतिनिधि सभा क्षेत्र २ मा जम्मा ६६ हजार ७३९ मत खसेकाे थियो । अब नुवाकाेट २मा १५ हजार ९९८ मत गणना हुन बाँकी छ । बाँकि गणना मतमा पनि के .सि.काे धेरै सुरक्षित रहेको छ।




