समाचार

काठमाडौ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकि युवा नेतृ साेबिता गौतमकाे जीत

मंसिर , ७

काठमाडौं । क्षेत्र नम्बर २काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी हुनु भएको छ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी हुनु भएको हो ।

गौतमले १५२२९ मत  पाउनु भएको छ।  निकटतम  प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गर्नु भएको छ। उनीहरूको मतान्तर ३६७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा खुम्चनु परेको छ । पाखरेलले  ११४१४ मत ल्याएकी पाउनु भयो ।

गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा हुनुहुन्छ । उहाँकाे ९४४८ मत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *