समाचार
माओवादीले वागी उम्मेदवारलाई गर्याे कार्बाहि

काठमाडौ ,
नेकपा माओवादि केन्द्रले पाँच जना वागी उम्मेदवारलाई कार्बाहि गरेको छ। गठबन्धन र पार्टीकाे नीति विपरीत स्वतन्त्र उम्मेदवारी दिने पाँचजना नेतालाई पार्टीको साधरण सदस्य पनि नरहने गरि कार्वाही गरेको जानईएकाे छ ।
प्रतिनिधि र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी , अशाेक मण्डल , वीरेन्द्र यादव ,दीपेन्द्र बाहादुर पुन मगर र काशिचन्द् बराललाई कार्बाहि गरेको छ ।
वागी उम्मेदवार एक नम्बर प्रदेशबाट १ जना, मधेस प्रदेशमा २ जना ,कर्णालिबाट १ र लुम्बिनी प्रदेशबाट १ जना गरि जम्मा पाँच जना रहेका छन । उनिहरुलाई पार्टीबाट निष्काशन गरिएको जानकारि प्रदेश इन्चार्ज मार्फत गराइएकाे छ।


