समाचार

संयुक्त बाम लोकतान्त्रिक गठबन्धन काभ्रेको अगुवा कार्यकर्ता भेला सुरु

काभ्रेपलाञ्चोक,
प्रतिनिधि सभा क्षेत्र नम्बर दुईको संयुक्त बाम लोकतान्त्रिक गठबंधन दलहरुको अगुवा कार्यकर्ता भेला भइरहेको छ।

बनेपा स्थित पाटी प्यालेसमा भएको कार्यक्रममा गठबंधन दलका उमेद्वारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिनिधि सभाका उमेद्वार नेपाली कांग्रेसका नेता शिव प्रसाद हुमागाईं प्रमुख अतिथि रहनुभएको छ भने विशेष अतिथि नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं रहनुभएको छ।

यस्तै प्रदेशसभाका उमेरद्वारहरु नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्साल, नेपाली कांग्रेसका नेता कन्चन चन्द्र बादे, समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रुकु चौलागाई , नेकपा एकीकृत समाजवादीका हरि गोपाल प्रधानाङ्ग, कल्पना श्रेष्ठ,यसु लामा ,दिल बहादुर तामाङ्ग,र नेपाली कांग्रेसका शान्ता थापा, लछ्मि दनुवार शेर कृष्ण वैध लगायतका नेताहरुको उपस्थिती रहेको छ।

कार्यक्रममा संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी बहन गर्नु हुने अगुवा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *