समाचार

नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला भेला हुने

 बनेपा/ नेकपा  ( एकीकृत समाजवादी) निकट भातृसंगठन “नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठन” को  काभ्रे जिल्ला भेला हुने भएको छ। भेला असोज ८ गते शनिवार जिल्ला पार्टी कार्यालय बनेपाको सभाहलमा हुने बताईएको छ।

सोही दिन संगठनको जिल्ला कमिटी गठन गरिने भएकोले पालिका स्तरमा रहनुभएका पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरीहरुलाई उपस्थित भई दिन अनुरोध गरिएको छ।

काभ्रे जिल्ला सचिव गोकुल गौतमले कार्यक्रमलाई सफल पार्नका लागि पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्तालाई आब्हान गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *