विजनेस
समाजवादी सहकारीलाई मिटरब्याजीको आरोप नलागोस्- माधब नेपाल

टुकी संवाददाता
काठमाडौं, भाद्र २९
नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले सहकारीहरुले हजारौंको संख्यामा रोजगारी सृजना गरेको बताउनुभएको छ। समाजवादी सहकारी संगठनको राष्ट्रिय कमिटी उद्घाटन भेला लाइ सम्बोधन गर्दै नेता नेपालले देशभरी रहेका ३५ हजार सहकारीले ८० हजार जनशक्तिलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगार दिएको बताउनु भएको हो।
सहकारीलाई मिटरब्याजीको आरोप लाग्ने गरेको बताउँदै नेता नेपालले सहकारीले कम आय आर्जन भएका जनतालाई सहजै सेवा सुविधा पुर्याउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गर्नुभएको छ। अन्य पार्टी निकट सहकारीहरुले के-कस्तो गरेका छन् त्यतातिर नगई समाजवादी सहकारी सङ्गठनले जनतालाई मर्का नपर्ने गरी लगानी गर्न सुझाव दिनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेता नेपालले सहकारी संगठन राष्ट्रिय कमिटीका पदाधिकारीहरु लाई सपथ ग्रहण गराउदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभयो “समाजवादी सहकारी सङ्गठनले समाजवादी पार्टीको इज्जत राख्ने गरी नेपालको अर्थतन्त्रमा सघाउन भूमिका खेल्ने छ। साथै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना छ “।



