समाचार

रोशी खोलामा फालिएको डस्ट व्यवस्थापन गर्न अनुरोध

काभ्रेपलाञ्चोक, भाद्र २८

            काभ्रेपलान्चोकको रोशी गाउँपालिका वडा नम्बर ७ वडा कार्यालयले रोशी खोलामा फालिएको डस्ट ( फोहोर) व्यवस्थापन गर्नुपर्ने बताएको छ। श्री ब्लु साइन रोडा ढुङ्गा उद्योग प्रालिको क्रसर बाट उत्पादन हुने डस्ट व्यवस्थापनका लागि सञ्चालकलाई अनुरोध गरेको हो ।
           

             विगत केही वर्षदेखि रोशी खोलामा खुलेआम डस्ट खन्याउने गरेकाले वातावरणमा गम्भीर असर पर्न गएकोले त्यसलाई मध्यनजर गर्दै क्रसर बाट उत्पादित डस्टको उचित व्यवस्थापन गर्न भनिएको छ। किसानलाई खेतबारीमा सिंचाइ गर्न बाधा पुगेको र खोला दुषित हुने गरी कार्य भएकाले आगामी दिनमा कुनै, कतैबाट अवसर नपर्ने गरी डस्ट व्यवस्थापन गर्ने प्रतिबद्धतासहित वडा कार्यालयमा उपस्थित भईदिन सञ्चालकलाई आदेश गरिएको छ।

         उक्त कुराको आज्ञा-आदेश पालन नगरी अटेर गरेमा नियमबमोजिम हदै सम्मको कारवाही हुने व्यहोराको सूचना वडा कार्यालयले जारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *