समाचार

सुनको मूल्यमा ७०० रुपैयाँले गिरावट

काठमाडौँ, १८ भदौ। आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो।

छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार भने सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेकाे छ।-File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *