समाचार
हायस दुर्घटनामा तीन जनाको मृत्यु
दैलेख / दैलेखमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १० दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। साथै अन्य सात जना घाइते भएकाे बताइएकाे छ ।प्रहरीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइते उद्धार गरिरहेको छ। घटनाकाे थप विवरण आउन बाँकी छ। २९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।


