समाचार

बालिकालाई जबरजस्ती करणी गर्ने एकै घरका दुइ जना पक्राउ

झापा / ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालिकालाई पिढकका २५ बर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिढितको आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोजतलाशमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाईनै पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *