समाचार
म्याग्दीमा पहिलो पटक मखमली फूल र सिउडी फलको व्यावसायिक खेती सुरु
म्याग्दी । म्याग्दीमा पहिलोपटक मखमली फूल र ड्रागन फुड (सिउडी फल)को व्यावसायिक खेती सुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगे बगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र ड्रागन फुडको व्यावसायिक खेती सुरु भएको हो ।
रु छ करोडको लगानीमा सुरु भएको यस कृषि फार्ममा तरकारी खेती, माछा पालनका साथै मौरीपालन, फूल र सिउडी फलको व्यावसायिक खेती सुरु गरिएको हरियाली गु्रप सञ्चालक समितिका सदस्य दुर्गा बहादुर कार्कीले बताए। उनको अनुसार नजिकिँदै गरे को तिहारलाई लक्षित गरेर पहिलो पटक तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको छ ।
फूल लगाएको ठाउँको माथिल्लो पट्टि सेरना जातका सय घार मौरी रहेका छन् । म्याग्दीमा कतै नगरिएको डाइगन फुडका सय बिरुवा पनि लगाइको तरकारी फिल्डका इन्चार्ज बुद्धि सुनारले बताए । कृषिको आधुनिकीकरण, व्यावसायिकी करण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणालाई ‘हरियाली मोडल’ नाम दिइएको छ ।
यो म्याग्दी जिल्लामा हाल सम्मकै ठूलो कृषि परियो जना हो । “विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमुल’ मोडललाई पछ्याउँदै सोही ढाँचालाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए । थापाका अनुसार यो फार्म म्याग्दीका लागि नमूना परियोजना हो ।
“कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ”, थापाले भने, “यस बाट स्थानीय लाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आ त्मनिर्भर बनाई बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।” छत्तीस जना कृषकले १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरेका छन् ।
फार्ममा तरकारी खेती, सिउडी फल, माछापालन, मौरीपालन, फूलखेती गरिएको छभने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालिज पालन गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए। कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदूर मध्ये अधिकांश जग्गा धनी छन् । “बजार नजीक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविको पार्जनमा सीमित थियो”, जग्गाधनी भगवान् खड्काले भने ।
म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधि बाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ । मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्वायलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताए । रु ४० लाख बराबरको मा*सु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्
