समाचार

भारतमा शक्तिशाली भूकम्पको धक्का, भूकम्पको धक्का तिब्बतसम्म महसुस

काठमाडौँ – भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा बुधबार बिहान ६ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।स्थानीय समयअनुसार बिहान १ बजेर ४५ मिनेट जाँदा त्यहाँ भूकमप गएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी इटानगरभन्दा १८० किलोमिर दक्षिणपश्चिममा रहेको थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको धक्का तिब्बतसम्म महसुस भएको थियो ।भूकम्पको क्षतिबारे विवरण आँउन बााकी रहेको छ । त्यस्तै आज काठमाडौँमा पनि भुकम्प गएको थियो । बुधबार एकाबिहानै ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । नौबिसे केन्द्रबिन्दु भएर परकम्प जाँदा काठमाडौँ, ललितपु र भक्तपुर लगायतका जिल्लाका सर्वसाधारण आत्तिएका थिए । काठमाडौँका कतिपय सर्वसाधारण भूकप्पको पराकम्पपछि सडकमा निस्किएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *