समाचार

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको नि*धन , ४ बजे राष्ट्रिय सम्मानका साथ अ*न्त्येष्टि गरिने

काठमाडौं । भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हिजो राति नि*धन भएको छ । मंगलबार साँझ एक्कासी हृ*दयघात भएपछि अस्पताल लगिएको उनको दिल्लीको अल इण्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी सुषमा स्वराज भारतको पहिलो मुख्यमन्त्री समेत थिइन् । इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री बनेकी स्वराज सन् १९९८ मा दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्।अघिल्लो मोदी सरकारमा उनी विदेश मन्त्री थिइन्।

त्यसबेला विदेशमा रहेका भारतीयहरुका लागि उनले गरेका कामहरुको प्रशंशा भएको थियो। २०१९ मा भएको आम निर्वाचनमा भाजपाले बहुमतका साथ जितेपनि स्वास्थ्य स्थिति ठिक नभएका कारण उनले कुनैपनि पदमा नबस्ने घोषणा गरेकाे बताइन्छ ।स्वराजको नि*धनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्विटरमार्फत शो*क सन्देश लेख्दै सुषमा स्वराजलाई श्र*द्धाञ्जली दिनुभएको छ ।स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अ*न्तिम श्र*द्धान्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ । त्यसपछि ४ बजे राष्ट्रिय सम्मानका साथ अ*न्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ ।*

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *