समाचार
रंगेहात समातिने डरले झ्यालबाट हाम फाल्दा मृत्यु
काठमाडौं, असार ३० ।गुल्मीको मुसिकोट नगरपालिकामा एक जना पुरुषको घरको झ्यालबाट हाम्फाल्ने क्रममा लडेर ज्यान गएको छ ।
जिल्लाको मालिका गाउँपालिका १, नेटा घर भई मुसिकोट नगरपालिका ७ वामीटक्सारमा डेरा गरि बस्ने ३३ वर्षीय हिमाल घर्तीको सोही डेरा नजिकैको एक घरको झ्यालबाट हाम्फालेर ज्यान गएको हो ।

