समाचार
कोरियामा उपचारका क्रममा इलामका एक युवाकाे मृत्यु
काठमाण्डौ / कोरियाको योङ्गिनमा कार्यरत एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । इलाम साखेजुङका टुकेन लिङ्दम लिम्बुकाे मृत्यु भएकाे जनाइएको छ ।
इपियस मार्फत ४ वर्षअघि कोरिया आएका लिम्बु सुरुदेखि नै मुटुको समस्याले पीडित रहेको सहकर्मीहरूले बताएका छन् । लिम्बुको शव योङ्गिनकै एक स्थानीय अस्पतालमा रहेको छ । अस्पलसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाइने सिओल स्थित नेपाली दूतावासले जनाएको छ।

