मनोरञ्जन

चार प्रमुख सहरमा अनमोल केसी

काठमाडौं । नायक अनमोल केसी आन्तरिक पर्यटन प्रवद्र्धन तथा नेत्रहीन महिला संघ नेपालको सहयोगका लागि विभिन्न चार सहरमा जाने भएका छन् । सहयोगका लागि आयोजना हुने अनमोल सहभागी कार्यक्रमलाई ‘अनमोल साँझ–२०१८’ नाम दिइएको छ ।

आयोजक मोनिका इन्टरनेसनल ग्रुपका अनुसार भदौ ९ गते बुटवल, १६ गते पोखरा, २३ गते चितवन र २७ गते बिर्तामोडमा कार्यक्रम हुने छ ।

अनमोल कार्यक्रमस्थलमा हेलिकप्टरमार्फत् जाने छन् । सार्वजनिक कार्यक्रममा कमै मात्रै सहभागी हुने अनमोल यसरी सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो ।

यस्तै च्यारिटी शोमा पनि अनमोल पहिलो पटक सहभागी हुन लागेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *