समाचार

थापाथलीस्थित सुकुम्बासी बस्ती बाढीको उच्च जोखिममा

काठमाडौं। मनसुन सक्रिएभएसँगै देशभर भारी वर्षा भइरहेको छ। खोलानाला, नदीहरुमा पानीको बहाव बढ्दै गएको छ। देशका विभिन्न स्थान जलमग्न हुनुका साथै कतिपय स्थानमा पहिरो समेत गएको छ।

यो समाचार तयार पारी रहँदा बाढीपहिरोमा परी अहिले सम्म करिब ४ जनाको मृत्यु भएको समाचार विभिन्न संचारमाध्यममा छापिएको छन्। यसै क्रममा राजधानी काठमाडौंका नदी नालामा पानीको बहाव उच्च भएको छ।

वर्षा हुने क्रम जारी छ। छेउछाउका बस्तीहरु डुबानमा पर्ने जोखिम बढ्दै गएको छ। विशेष गरेर काठमाडौंका खोला छेउमा सुकुम्बासीहरु बसोबास गर्दै आएका छन्।

वर्षेनी डुबानमा पर्दै आएको थापाथलीस्थित सुकुम्बासी बस्ती यसपटक पनि जोखिमा रहेको छ। नजिकैको बागमती खोलाको पानी बढेर बस्तीमा छिर्न थालिसकेको छ।

अबको २४ घण्टासम्म पनि यही मात्रामा वर्षा हुने हो भने उक्त बस्ती डुबानमा पर्ने निश्चित छ। यता सरकारले बाढापहिरो आउन सक्ने भन्दै सतर्कता अपनाउन सचेत गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *