समाचार

चन्दननाथबाट हरायको मूर्ति अझै भेटिएनन्

जुम्ला / प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताउनुभयो । “कोहलपुरमा शङ्ख फेला परेपछि जुम्ला ल्याएर पहिचान र निर्माणकालको निक्र्यौल गर्नका लागि गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ”, उहाँले भन्नुभयो । उहाँले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो । मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटामूर्ति र दुई शङ्ख बेवारिसे अवस्थामा फेला परेका थिए । चोरी भएको एक महीनापछि स्थानीयवासीले दाउरा ल्याउन घर नजिकैको जङ्गल जाँदै गर्दा मूर्ति फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *