समाचार

एसईई परीक्षाको नतिजा सार्बजनिक हुदै , यसरी हेर्नुहोस् एसईईको नतिजा !

काठमाडौं : यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। २०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, ‘एक दुई दिनभित्रै परीक्षाफल प्रकाशित गरिनेछ, प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएका परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ।

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *