खेलकुद

स्वारेजको गोलमा साउदी विरुद्ध उरुग्वेको अग्रता

रसिया – फिफा विश्वकप अन्तर्गत समुह ए को खेलमा अहिले उरुग्वे र साउदी अरेबीयाबीच प्रतिष्पर्धा भैरहेको छ। खेलका पहिलो हाफ सकिँदा सम्म उरुग्वेले एक शुन्यको अग्रता बनाएको छ। खेलको २३ औ मिनेटमा उरुग्वेका लागी लुइस स्वारेजले गोल गरेका हुन्। स्वारेजले कर्नर किक मार्फत आएको बललाई कार्लोस सान्चेजको पासमा गोलपोष्ट नजिकैबाट प्रहार गर्दै गोल गरेका हुन्।

स्वारेजले आज उरुग्वेका तर्फबाट एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। पहिलो हाफमा गरेको गोल स्वारेजको ५२ औं अन्तर्राष्ट्रिय गोल हो।

यसअघी समुह चरणमा खेलेका आफ्नो पहिलाे खेलमा उरुग्वेले इजिप्टलाई एक शुन्यले पराजित गरेको थियो भने साउदी अरेबीया आयोजक रसियासँग पाँच शुन्य गोल अन्तरले पराजित भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *