बिचार/ब्लग

३ वर्षको उमेर डोकोमा मकै बेच्दै हिड्ने आमाको पिडा, अहिलेसम्म छोराले दिएको एउटा चोलोको टुक्रो पनि लाको छैन

पोखरा १३ की ६३ वर्षिया एक आमा बुढ्यौली उमेरमा पोखराको लेकसाइड तिर डोकोमा यतिबेला मकै बोक्दै पसल पसल पुग्ने गर्नुहुन्छ । केहि समय पहिला आमा लेकसाइडमा गाजर लिएर आउने गर्नुहुन्थ्यो । आमाले अहिले गाजर बिक्न छोड्यो बाबु, त्यहि भएर आजकाल मकै लिएर आएकी भन्नुभयो ।

सधैँ मकै लिएर आउने आमासंग हामीले केहि कुरा गर्न खोज्यौ । आमाको नाम राजकुमारी बिक रहेछ । संधै हाम्रा अगाडी मकैको डोको बिसाउने आमाले आज भने आमाले हामीसंग आफ्ना मनका बेदना बिसाउनुभयो । साविकको आर्वा अहिले पोखरा १३ मा गाभिएको आमाको भनाई छ । आमाले पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले आफुलाई धेरै सहयोग गरेको बताउनुभयो ।

दर्शन बाबु त भगवान हो बाबु उहाँ अध्यक्ष हुन भन्दा पहिला मेरो घर बनाइदिनुभएको । पहिला वडा कार्यालय कति फोहोर थियो, अहिले त्यहाँ जाँदा मलाई रुन मन लाग्छ बाबु, त्यति राम्रो भएको छ बाबु । आमाले दर्शन लामाले गरेको कामको प्रशंसा गर्नुभयो । २०७२ सालको भुकम्पले राजकुमारीको घर भत्कायो ।

आफ्ना छोराले खासै मतलब नगर्ने राजकुमारीको घर वडा अध्यक्ष लामाले बनाइदिएपछि राजकुमारीलाई खुसी नलाग्ने त कुरा नै भएन । उहाँले हामीलाई भन्नुभयो – एक जना तपाई जस्तै बाबु हुनुहुन्छ, अहिले अध्यक्ष हुनुभएको छ, दर्शन लामा, तपाईका छोराले नहेरे पनि म पनि छोरा जस्तै हो भनेर मेरो घर बनाइदिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *