समाचार

लिची खाँदा भारतमा १०० बालबालिकाको मृत्यु, यसकारण मरिरहेछन् बालबालिका

 भारतकाे विहारमा लिची खाँदा मृत्यु हुने बालबालिकाकाे संख्या सय पुगेकाे छ । स्वास्थ्यकर्मीहरुले लिचीमा हुने विषाक्त पदार्थले मस्तिष्कमा असर पार्दा बालबालिकाको मृत्यु भएको बताएका छन् ।विहारको स्वास्थ अधिकारीले कडा खालको इन्सेफलाईटीसको कारण ४७ बालबालिकाको मृत्यु भएको बताएका छन् । केही अमेरिकी अनुसन्धानकर्ताहरूले इन्सेफलाइटिस सिन्ड्रोम (एइएस) भाइरस तथा लिचीमा पाइने एक किसिमको विषालु तत्वबीच सम्बन्ध हुनसक्ने जनाएका छन् ।सन् २०१३ मा इन्सेफलाइटीसका कारण उत्तर प्रदेशमा कम्तीमा पनि ३५१ मानिस मरेका थिए ।

सन् २०१४ मा पनि मुजफ्फरपुरमा १२२ बालबालिकाको ज्यान गएको थियो । सन् २०१४ मा देखिएको इन्सेफ्यालोप्याथीको प्रकोपका लागि लिच्चीको सेवन पनि एउटा तत्व भएको ल्यान्सेट ग्लोबल हेल्थ मेडिकल जर्नलमा प्रकाशित समाचार उल्लेख छ ।याे वर्ष पनि इन्सेफलाइटी केही वृद्धि भएको छ । यो पटक निक्कै कडा खालको तातो हावा भएकाले र पहिलेभन्दा लामो समय रहेकाेले पनि याे वर्ष इन्सेफलाइटीस बढेकाे वरिष्ठ स्वास्थ अधिकारी सञ्जय कुमारले बताएका छन् ।रगतमा सुगरको मात्रामा एक्कासी कमी हुदाँ बालबालिकाको मृत्यु भएको राज्यका स्वास्थ विभागले बताएको छ ।

तिनका अनुसार त्यसमा लिच्चीले पनि भूमिका खेल्यो । इन्सेफ्यालोप्याथी दिमागी विमारी वा चोट हो र यो इन्सेफलाइटीसबाट लाग्छ ।अध्ययनले बालबालिका गुमाएका केही अभिभाविकको कुरा पनि उल्लेख गरेको छ । तीमध्ये धेरैले तिनका बालबालिकाहरु कयैन पटकसम्म दिनभरी जसो लिच्ची खाएर साँझ फर्कने गरेको र खाना नखाई सुत्ने गरेको बताएका थिए । लिच्ची खाएर बेलुकाको खाना नखाई सुत्ने बालबालिकामा हाइपोग्लाईकेमिया हुने सम्भावना दुई गुणा देखिएको थियो ।ल्यान्सेटको अध्ययन अनुसार बालबालिकाको रगतमा सुगरको मात्रा एक्कासी गिरावट हुँदा, कलेजोले फ्याटी एसिडलाई उपयोग गरेर शरीरको लागि आवश्यक ग्लुकोज बनाउन थाल्छ ।

यसले झनै रगतमा सुगरको मात्रा कमी ल्याउँछ र दिमाग सुन्निन थाल्छ ।कतिपय विशेषज्ञ भन्छन् – ‘खाली पेटमा लिची खाँदा शरीरमा ग्लुकोजको कमी हुन जान्छ जसले गर्दा बालबालिका यो रोगको चपेटामा पर्न सक्छन्।’ भारत तथा अमेरिकाका वैज्ञानिकहरूका संयुक्त शोधमा खाली पेटमा धेरै लिची खाँदा यो बिमारी भएको भन्ने उल्लेख गरेकाे छ ।कडा खालको इन्सेफलाइटिसमा दिमाग सुन्निने, ज्वरो आउने, चक्कर आउने र धेरै जसो विरामीलार्ई कोमामा लगेको पाइएको छ । विज्ञले अत्याधिक गर्मी, कम पौष्टिकता र आद्रतालाई यसको लागि जिम्मेवार बताएका छन् ।सञ्जय कुमारले प्रभावित बालबालिका गरिब परिवार भएको र तिनको घरमा चिनीको उपभोग कम हुने भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।

वैज्ञानिकहरूका अनुसार लिचीमा हाइपोग्लिसीन ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ। अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा पनि उनीहरूमा ती तत्व पाइएको थियो।अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पाइएको थियो। त्यस्तो अवस्थामा उक्त तत्वले ज्यादा घातक असर गर्ने ठानिन्छ। पहिलेदेखि नै कुपोषणले ग्रस्त वा बिरामी बालबालिकामा लिची खाँदा यो रोग लाग्ने धेरै खतरा हुन्छ।चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा त्योभन्दा अगाडि सन्तुलित भोजन गर्न सल्लाह दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *