स्वास्थ्य

यी हुन् अमलाको अचुक फाइदाहरु

काठमाडौं । अमलामा औषधीय गुण रहेको हुन्छ । आयुर्वे्दिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलालाइ कुटेर कपालमा लगाउँदा कपाल टुक्रनबाट रोक्छ । कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । अमलाको जुसमा थोरै मह मिसाएर पिउँदा आखाँको ज्योती बढाउन सहयोग मिल्छ । यसको नियमित सेवनले रतन्धो हुनबाट पनि बचाउँछ ।

अमलामा क्याल्सियम, प्रोटिन, भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरू हुन्छ यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नियमित रूपमा अमला खाँदा यसले शरीरको सेल बढाउँछ र स्र्फूत राख्छ । यसले रक्तसन्चालन गराउनुका साथै मुटु सम्बन्धि रोग लाग्नबाट पनि बचाउँछ । डाइबेटिजका बिरामीका लागि पनि अमला निकै नै फाइदापूर्ण हुन्छ ।

यसले मेटाबोलिजम बढाउनुका साथै शरीरमा तागत दिन्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाइ मजबुद बनाउछ ।अमलामा पानीको मात्रा हुनाले पिसाब सम्बन्धि समस्या पनि हटेर जान्छ । अमलाको नियमित सेवनले चाउरीपना हटाउन मद्दत गर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *