खेलकुद

विश्वकप २०१८ को पहिलो रातो कार्ड सान्चेजलाई

रूस – रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्।

मोर्डोभिया एरिना रंगशाला सारांस्कमा जारी बुधबारको पहिलो जापान र कोलम्बियाको खेलमा सान्चेजले रातो कार्ड खाएका छन्। खेलको तेस्रो मिनेट चलिरहदा जापानका खेलाडी सिन्जी कागावाको प्रहारलाई सान्चेजले हातले रोकेपछि राताे कार्ड खादै मैदान बाहिरिएका थिए।

रेफ्रिले सान्चेजलाई कार्ड देखाउनुका साथै जापानलाई पेनाल्टी दिएका थिए। सो पेनाल्टीलाई जापानका सिन्जी कागावाले गोल गरेका छन्। सान्चेज विश्वकपको इतिहासमा दोस्रो छिटो रातो कार्ड पाउने खेलाडी भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *