uncategorized

कहाँ पुग्याे यातायातकाे सिण्डिकेट हटाउने कुराे? ५ दर्जन समिति मात्रै कम्पनीमा गए

काठमाडौं । यातायात व्यवसायी महासंघले कम्पनीमा जान ह्वीप जारी गरेको १० दिनमा करिब ५ दर्जन समिति मात्रै कम्पनीमा दर्ता भएका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयका उपरजिष्ट्रार रवीन्द्र आचार्यले शनिबार दिएको जानकारीअनुसार करिब ५ दर्जन व्यवसायी मात्रै कम्पनीमा दर्ता भएका छन्। ‘हामीले राति १२ बजेसम्म पनि काम गर्ने भनेको छौं। हालसम्म ५ दर्जनको हाराहारीमा यातायात समितिहरु कम्पनीमा दर्ता भएका छन्’, उनले भने, ‘रातिसम्म उहाँहरुले चासो देखाउनु भयो र कागजात तयार गरेर आउनु भयो भने अझैं १०÷१२ वटासम्म दर्ता गर्न सक्छौं।’

शनिबार बिदाको दिन पनि सबै कर्मचारी आएर काम गरिरहेको बताउँदै उनले व्यवसायीकै ढिलाइका कारण धेरै समिति कम्पनीमा दर्ता नभएको बताए। ‘यातायात कार्यालयबाट आएको सिफारिसका आधारमा हामीले सहज र सरल तरिकाले दर्ता गरेका छौं। तर उहाँहरुको एउटै कम्पनीमा हजारौं शेयर सदस्य हुने, सबै जम्मा हुन पनि समय लाग्ने, कागजात लगायत प्रक्रिया पुर्याउनै समय लाग्ने भएकोले धेरै समिति दर्ता हुन सकेनन्।’ उनले भने, प्रक्रिया पुर्याएर आएका जति कसैलाई पनि हामीले फिर्ता पठाएका छैनौं।’ राति १२ बजेसम्म प्रक्रियामा आएका समितिहरुलाई आइतबार तीन बजेसम्म दर्ता गरिने उनले जानकारी दिए। याे खबर आजकाे नागरिक दैनिकमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *