समाचार

एकठाउँमा विस्फोट भएपछि आर्कैठाउँमा भागेका ७ जना विप्लवका कार्यकर्ताहरु काेटेश्वरबाट पक्राउ

घट्टेकुलाेमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्। पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। उनीहरूलाई सशस्त्र प्रहरीकाे विशेष टाेलीले पक्राउ गरेर काेटेश्वर वृत्तकाे जिम्मा लगाएकाे छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *