समाचार

कारबाहीमा तीन आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

बाल्ख प्रान्तको बाल्ख जिल्लामा सो सैन्य कारबाही जारी रहेको थियो । कारबाहीको क्रममा पाँच ओटा गाउँलाई आतङ्ककारी मुक्त बनाइएको सेनाको दाबी रहेको छ । यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीको सात ओटा मोटरसाइकल, हातहतियार र गोलाबारुद्धहरु कब्जामा लिएकोे बताइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा अधिकारी र सर्वसाधारणलाई भने कुनै क्षति नभएको सरकारी स्रोतले जानकारी दिएको छ । अफगानिस्तानको ३४ ओटा प्रान्तीय राजधानीहरुमा अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले नियन्त्रणमा लिन केही भागहरु बाँकी नै रहेको छ । तर अझै पनि ग्रामीण इलाकाको ठूलो भागमा तालिबान लडाकू समूहको नियन्त्रण्मा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *