समाचार

पाँचथर हत्या प्रकरण : भागेर बाँचेकी बालिकाको उपचार सरकारले गर्ने

इलाम । पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो।
अन्दाजी १४ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई भकाभक प्रहार गर्न थालेपछि घरबाट राति नै हाम फालेर भागेकी थिइन्। भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ। प्रहरी इन्सपेक्टर तेजनारायण यादवका अनुसार नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा सीता घरबाट हाम फालेर बाँचेकी हुन्। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *