समाचार
नदीमा पौडी खेल्ने क्रममा डुबेर प्रिन्सको गयो ज्यान
सर्लाही – सर्लाहीमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रिन्स राय रहेका छन्। बसवरिया उँपालिका ३ कोठियारका शिवचन्द्र रायको ७ वर्षका छोरा प्रिन्स रायको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सर्लाहीको मनुष्मारा नदीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेका बालकलाई उपचारको लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । प्रहरीले प्रहरीका अनुसार नदीमा डुबेका प्रिन्सको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

