समाचार
अबैध सम्बन्धको बच्चा जन्माएर झाडीमा फाल्ने आमा, चकित पार्ने आमाको बयान
पोखरा । पोखरा १६ बाटुलेचौर बस्ने एक महिलाले बच्चा जन्माएर लगत्तै झाडीमा लगेर फालिन । बिबाह भएपनी श्रीमानले अर्को बिबाह गरेपछी उनी अलग्गै बस्दै आएकी थिइन । उनले अर्को एक पुरुष संगको अनैतिक सम्बन्धबाट बच्चा जन्माएर झाडीमा फालेको प्रहरीसंगको अनुसन्धानबाट खुल्न आएको छ । उदयपुर घर भएकी सिमा मगर लाई प्रहरीले पक्राउ गरेको छ ।
उनीलाई गर्भधारण गराउने पुरुष पनि प्रहरी नियन्त्रणमा छन । सिमाले किन यसो गरीन ? सिमाले प्रहरीलाई दिएको बयान चकित पार्ने खालको छ । घटनाको सम्पुर्ण नालिबेली सहीत सिमाले बयानमा के भनिन ?
एसईई परीक्षामा ‘ए प्लस’ ल्याउने विद्यालयलाई ५ करोड दिनपर्ने नेता योगेश भट्टराईको माग
काठमाण्डौं, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले आगामी बजेटमा विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्न सुझाव दिएका छन् ।

सोमबार संसदमा भएको प्रि–बजेट छलफलमा भाग लिँदै भट्टराईले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान संघीय सरकारले दिनुपर्ने सुझाव दिएका हुन् ।
भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न पनि अर्थमन्त्रीलाई सुझाएका छन् ।
यसैबीच उनले एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिन सुझाए । यसो भएमा शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने उनको दाबी छ ।

