समाचार
समाजवादी पार्टीमा तनाव, असन्तुष्टहरुको भेला !
काठमाडौं, २५ बैशाख । बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको नवगठित समाजवादी पार्टी, नेपालभित्र अहिले भुईचालो गएको छ । स्रोतका अनुसार एकताप्रति असन्तुष्टि राख्दै नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेताहरु छुट्टाछुट्टै गोप्य भेलामा जुटेका छन् ।

त्यतिमात्रै होईन, तत्कालीन नयाँ शक्तिकी एक केन्द्रीय सदस्य सिमा बिकले पार्टी त्यागी आज नेकपामा प्रवेश गरेकी? छिन् । नेकपा केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमकाबीच उनी नेकपामा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल लगायतले स्वागत गरे ।
