समाचार
गुल्मीमा भिषण आगलागी, एक घर पूर्ण रुपमा जलेर नष्ट
गुल्मी- गुल्मीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका-८ को सल्ल्यारमा लक्ष्मी विकको कच्ची घर जलेर पूर्णरूपमा नष्ट भएको हो ।बिहीबार राति एक्कासि घरमा आगलागी भएका कारण स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीकै कारण घरमा भएको सम्पूर्ण अन्नपात, लत्ता कपडाहरू जलेर नष्ट भएको छ। प्रहरीका अनुसार आगलागीका कारण करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीका कारण मानवीय क्षति भने नभएको र आगलागीको कारण खुल्न नसकेको र त्यसको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।