समाचार
दिदीलाई ट्रकले खिचेर मारे पछी बैनीको यस्तो चित्कार ! लाशलाई अँगालो हालेर यसरि रोइन !
काठमान्डौ , कैलालीको लम्कीमा ट्रकको ठक्करबाट १९ वर्षकी सुनीता रावलको ज्यान गएको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा सुनिताको मृत्यु भएको हो । बिहान करिब ९:३० बजे लम्कि बजारमै क्याम्पसबाट फर्किने क्रममा ट्रक ले ठक्कर दिएर दिदीको ज्यान गए पछी उनकी बैनीको चित्कारले सबैलाई भाबविवल बनायो । ट्रक ले खिचेको लाश लाई अँगालो हाल्दै उनि भन्दै थिइन मेरी दिदि ले कसैको केहि बिगारेकी थिईनन मेरी दिदि लाई मार्ने लाई म छोड्दिन । घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले प्रदर्शन थालेका हुन् ।

उनीहरुले उचित क्षतिपूर्ती र दोषीलाई कारबाहीको माग राखेर पूर्वपश्चिम राजमार्गमा सवारीका साधन चल्न दिएका छैनन् ।राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । राजमार्ग खुलाउन गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेर घाइते बनाएका कैलालीका एसपी आभूषण तिमिल्सेनाले जानकारी दिए ।अहिले पनि लम्कीबजार तनावग्रस्त छ ।मृतकको शव आफन्तले उठाउन दिएका छैनन् ।


