समाचार
रीक्षा अनुगमन टोलीले दुर्व्यवहार गरेको भन्दै राजविराजमा प्रदर्शन (१० तस्विरहरू सहित)
राजविराज । परीक्षा अनुगमन टोलीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आज (मङ्गलवार) राजविराजमा प्रदर्शन गरेका छन् ।कक्षा १२ का विद्यार्थीहरुले स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट प्रमुख जिल्ला अधिकारी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नै परीक्षा दिइरहेका छात्र–छात्रालाई दुर्व्यवहार गरेको आरोप छ ।परीक्षा अगावै चेकजाँच गर्नुपर्नेमा परीक्षा सञ्चालन भएपछि हलमा डेढ घण्टासम्म बसेर अपशब्द प्रयोग गर्दै चेकजाँच गर्ने गरेकोले मानसिक तनाव हुने गरेको विद्यार्थीहरुको भनाई छ । अपशब्द प्रयोग गरेर चेकजाँच गर्ने शैली अन्त्य हुनुपर्ने विद्यार्थीले माग गरेका छन् ।



विद्यार्थीहरुको प्रदर्शनले केही बेर सवारी साधन अवरुद्धसमेत भएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षा हलमा भइरहेको अनियमितता नियन्त्रण गर्न खोज्दा विद्यार्थीहरुले दुर्व्यवहारको आरोप लगाएको प्रतिक्रिया दिनुभएको छ । गत आइतबारदेखि शुरु भएको परीक्षा अन्तर्गत आज विभिन्न शंकायको ९ वटा विषयको परीक्षा भएको छ ।







